Date

बुध, बैशाख १७, २०८२
Wed, April 30, 2025

नयाँ बजेटमा पुरानै आयोजनालाई निरन्तर दिने तयारीमा भौतिक मन्त्रालय

नयाँ बजेटमा पुरानै आयोजनालाई निरन्तर दिने तयारीमा भौतिक मन्त्रालय

काठमाडौँ, १७ वैशाख। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी बजेटमा पहिलो प्राथमिकता पुराना आयोजनालाई दिने भएको छ । सकेसम्म नयाँ आयोजना नथप्ने तयारी गरिरहेको मन्त्रालयले आगामी बजेटमा निर्माण सम्पन्न हुन लागेका र राष्ट्रिय गौरवका आयोजनालाई बढी प्राथमिकतामा राख्ने तयारी गरेको छ ।

८० प्रतिशत सम्पन्न भएको आयोजनामा शतप्रतिशत निर्माण सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गर्न प्राथमिकता दिने मन्त्रालयको तयारी छ । चालु आर्थिक वर्षको तुलनामा मन्त्रालयले घटाएर आगामी वर्षका लागि बजेट सिलिङ तोकेको छ । मन्त्रालयको बजेट चालु वर्षमा १ खर्ब ५० अर्ब ५४ करोड थियो । तर ३.८४ प्रतिशतले सीमा घटाइएको छ । अर्थात् मन्त्रालयले आगामी आर्थिक वर्षलाई १ खर्ब ४४ अर्ब ७५ सिलिङ तोकेको छ ।

आगामी वर्षको कुल बजेटमध्ये राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लाई २४ अर्ब विनियोजन हुने निश्चित छ । उक्त बजेट छुट्याउन अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगले ‘एयरमार्क’ गरिसकेको छ । सरकारले आगामी वर्षको बजेटमा रेल्वे विकास आयोजनाका लागि गत वर्षकै हाराहारी बजेट छुट्याउने तयारी गरेको छ । अर्थात् रेलका लागि करिब ४ अर्ब बजेट छुट्याइँदै छ ।

पूर्वपश्चिम रेलमार्गअन्तर्गत अहिले जयनगरबाट बर्दिबाससम्म निर्माणको काम भइरहेको छ । यसको विकासका लागि ४ अर्ब बजेट उछिट्ट्याइदिन रेल विभागले प्रस्ताव गरेको छ ।

कुन वर्ष कति थियो बजेट ?

सबैभन्दा धेरै विकास निर्माणको गतिविधिमा बजेट खर्च हुने मन्त्रालय हो, भौतिक पूर्वाधार । यसै मन्त्रालयबाट विकास निर्माणका अधिकांश काम सम्पन्न गरिन्छन् । तर सरकारले यो मन्त्रालयलाई सीमित बजेट विनियोजन गर्दै आएको छ ।

२०८१/८२ मा यस मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ०८०/८१ मा १ खर्ब ३४ अर्ब ३९ करोड बजेट विनियोजन भएको थियो ।  यस्तै ०७९/८० मा १ खर्ब ७६ अर्ब ३३ करोड, ०७८/७९ मा १ खर्ब ६७ अर्ब १८ करोड र ०७७/७८ मा १ खर्ब ३८ अर्ब ८० करोड छुट्याइएको थियो ।  २०७७/७८ यता पाँच वर्षमा सबैभन्दा धेरै बजेट ०७९/८० मा विनियोजन भएको देखिन्छ । यो वर्ष १ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको थियो ।

त्यसपछि ०८०/८१ मा घटेर १ खर्ब ३४ अर्ब ३९ करोड रुपैयाँ बराबर विनियोजन भएको थियो । फेरि ०८०/८१ को तुलनामा ०८१/८२ मा बढाएर छुट्याइएको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *