मोबाइल ब्यवसायीको चौंथो साधारणसभा हेटौंडामा शुरु, नीतिगत सुधारको एजेण्डा

हेटौंडा, २७ वैशाख । नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा मकवानपुरको हेटौंडामा शुरु भएको छ ।
शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको हो । हेटौंडाको हुप्रा चौरबाट शुरुभएको पदयात्रा स्कुलरोड, बुद्ध चोक हुँदै पुनः स्कुलचोक भएर कार्यक्रम स्थल रोयल प्यालेस पुगेर समापन भएको थियो ।
साधारणसभाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गर्ने कार्यक्रम छ । साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन ।
मोबाइल ब्यवसायीहरुले साधारणसभामा कानुनी, प्रशासनिक र व्यवहारिक समस्याबाट भोग्दै आएको असहज अवस्थालाई उठाउने बताएका छन ।
मोबाइल फोनको दोस्रो विक्री (सेकेण्ड ह्याण्ड) कारोबार, लक भएका र बिग्रिएका मोबाइल फोनहरु मर्मत तथा लक अनलकमा भोगेका समस्या, ब्यवसाय प्रवर्दनका लागि सरकारले लिने नीतिको सुधार र राज्यबाट दिइने सेवासुविधा तथा दक्षतासम्बन्धि तालिमका विषय साधारणसभाका मुद्दा रहेको मुल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले जानकारी दिए ।
२०७८ असार २७ गते स्थापना भएको महासंघमा २२ हजार भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।