टेस्लाको साइबर ट्रकलाई टक्कर दिन जीएसीको नयाँ पिकअप

काठमाडौं, २ जेष्ठ । चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ पिकअप ०१ को कन्सेप्ट सार्बजनिक गरेको छ । टेस्ला साइबरट्रकको प्रतिस्पर्धीका रुपमा आउने बताइएको उक्त पिकअपलाई कम्पनीले अब छिटै उत्पादनमा लैजादै छ ।
२०२७ मा बजारमा आउने अपेक्षा गरिएको पिकअप ०१ चिनियाँ बजारमा मात्र सिमित नभइ अष्ट्रेलिया, साउदी अरव, चिली र मेक्सिको लगायत जीएसीको उपस्थिती रहेको अन्तराष्ट्रिय बजारमा समेत उपलब्ध हुनेछ । चीनमा जीएसीले टोयोटा र होन्डासंग सहकार्य गरी सवारीसाधन उत्पादन गर्दै आएको छ ।
वक्सी र एंगुलर डिजाइनमा तयार हुने यस ईभीमा स्टेनलेस स्टील बडी प्यानलको प्रयोग गरिने भएको छ । जसले यसको लुक्सलाई टेस्ला साइवरट्रकजस्तै देखाउने भनिएको छ । फ्ल्याट बोनेटको साथ अगाडिको भाग हम्मर ईभी जस्तै देखिने सो ट्रकले अफ–रोड पर्फमेन्सलाई बढि जोड दिने अपेक्षा गरिएको छ ।
उच्च ग्राउन्ड क्लियरेन्स, खुला टो हुक र ठूला ह्विलहरु हुने भनिएको यस टेस्छला साइबरट्रकलाइ टक्कर दिने छ । विन्डशिल्डको माथि लाइट बारहरू राखिएको हुने भने परम्परागत ओआरभीएको को सट्टा क्यामेराहरू उपलब्ध हुनेछ ।
पिकअप ट्रकमा कस्टम ड्यासबोर्ड स्लाइडरमा माउन्ट गरिएको स्टेयरिङ ह्वील हुनेछ, जसले यसलाई केबिनको दायाँबाट बायाँ छेउमा सार्न अनुमति दिनेछ । जीएसीले पिकअपमा प्रयोग हुने पावरट्रेनहरूको बारेमा विवरणहरू सार्बजनिक गरेको छैन ।