Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधारका लागि ५३ करोड ६२ लाख अनुदानको सम्झौता

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधारका लागि ५३ करोड ६२ लाख अनुदानको सम्झौता

काठमाडौं, २ जेष्ठ । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ।

शुक्रबारको विनिमय दर अनुसार १० जापानी ऐनको नेपाली खरिददर ९ रूपैयाँ २६ पैसा छ। जस अनुसार ५७ करोड ३० लाख येन नेपाली रूपैयाँ ५३ करोड ६२ लाख रूपैयाँ हुन्छ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो।

यसअघि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग यो परियोजनाको कार्यान्वयनका लागि ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो।

सहमति पत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *