Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर: अमेरिकी डलर १३७ रुपैयाँ १२ पैसा, युरो १५३ रुपैयाँ ५९ पैसा

अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर: अमेरिकी डलर १३७ रुपैयाँ १२ पैसा, युरो १५३ रुपैयाँ ५९ पैसा

काठमाडाैं, ४ जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम गरिएको छ। अमेरिकी डलरको मूल्यमा केही वृद्धि भएको छ भने अन्य प्रमुख मुद्राको विनिमय दर पनि परिमार्जित गरिएको छ।

युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। यस्तै, स्वीट्जरल्यान्डको स्वीस फ्रयाङ्कको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा रहेको छ।

एसियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा कायम भएको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा रहेको छ।

खाडी मुलुकका मुद्रामा साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा तोकिएको छ। युएई दिरामको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

एशियाली मुद्रामा थाइ भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा कायम भएको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ।

युरोपेली मुद्रामा स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ। डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा कायम भएको छ।

बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा तोकिएको छ। ओमानी रियालको खरिददर ३५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १८ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *