Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सुनको मूल्यमा गिरावट: प्रतितोला ६०० रुपैयाँले घट्यो, चाँदी स्थिर

सुनको मूल्यमा गिरावट: प्रतितोला ६०० रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाडाैं, ४ जेष्ठ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। गत शुक्रबार प्रतितोला ३००० रुपैयाँले उकालो लागेको सुनको मूल्यमा आज भने ६०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा भने स्थिरता कायम छ। गत शुक्रबार प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *