कोरियामा कामगरी फर्किकालाई पुनःरोजगारीका लागि भाषा परीक्षा
काठमाडौं,२४ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियामा काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन गरिने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुशार आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा संचालन गर्न लागिएको हो ।
यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ । मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था छ ।