नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्रसिंह साउद

काठमाडौं, १३ जेष्ठ । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा चन्द्रसिंह साउद चयन भएका छन् ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको हो ।
साउद यसअघि यही इन्स्योरेन्सको र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका थिए ।