Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौं, २० जेष्ठ । डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो ।

उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको हो ।

गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि जेठ १४ गते सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *