Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

नेपाल राष्ट्र बैंकमा उच्च तहका कर्मचारीहरूको जिम्मेवारी फेरबदल, प्रमुख सरुवा

नेपाल राष्ट्र बैंकमा उच्च तहका कर्मचारीहरूको जिम्मेवारी फेरबदल, प्रमुख सरुवा

काठमाडाैं, २० जेष्ठ । नेपाल राष्ट्र बैंकमा उच्च तहका कर्मचारीहरूको जिम्मेवारीमा फेरबदल गरिएको छ। मंगलबारदेखि लागू हुनेगरी बैंकका केही प्रमुख पदमा सरुवा गरिएको हो। यस फेरबदलसँगै बैंकका प्रमुख विभागहरूमा नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।

हालै कार्यकारी निर्देशकको रूपमा बढुवा भएका दीर्घराज रावललाई बैंकको सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ। रावल यसअघि मुद्रण विभागमा कार्यरत थिए र अब बैंकको महत्त्वपूर्ण सुपरिवेक्षण कार्यको नेतृत्व गर्नेछन्।

यसअघि सुपरिवेक्षण विभागका प्रमुख रहेका रामु पौडेललाई मुद्रण विभागको प्रमुखको रूपमा जिम्मेवारी दिइएको छ। पौडेलको नयाँ भूमिकाले मुद्रण विभागमा कामको प्रभावकारीता र समन्वयमा सुधार ल्याउने आशा गरिएको छ।

अर्को महत्त्वपूर्ण परिवर्तनमा मुद्रण विभागका प्रमुख प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागको नेतृत्व सुम्पिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *