Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

नेप्से परिसूचक ३५.७३ अंकले घट्यो, कारोबार रकममा ठूलो गिरावट

नेप्से परिसूचक ३५.७३ अंकले घट्यो, कारोबार रकममा ठूलो गिरावट

काठमाडाैं, २० जेष्ठ । मंगलबार नेपाल स्टोक एक्सचेञ्ज (नेप्से) मा परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। सोमबारको तुलनामा मंगलबार २ अर्ब ५५ करोड रूपैयाँको कमी आएको हो, जसले बजारमा नकरात्मक प्रवृत्ति देखाएको छ।

सोमबार नौ अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँको कारोबार मात्र भएको छ। यसदिन ३१५ वटा धितोपत्रका एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भएका छन्।

मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ वटाको घटेको छ। यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा पुगेको छ। एनसीएचएल, एनसेल, ओम मेगाश्री फर्मास्युटिकल्स, र पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढेर एक हजार ८१४ रूपैयाँ ३० पैसा र ४२३ रूपैयाँ ५० पैसा पुगेको हो।

साथै, सप्तकोशी डेभलपमेन्टको मूल्य ४.३८ प्रतिशतले घटेर ९७५ रूपैयाँ १५ पैसामा झरेको छ। बाराही हाइड्रोपावरको मूल्य ३.९९ प्रतिशतले घटेर ७६९ रूपैयाँ ०९ पैसामा कायम भएको छ।

मंगलबारको कारोबारमा राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७८८ रूपैयाँमा ६० करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनी भने युनिभर्सल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४४० रूपैयाँमा ४१ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेको समग्र परिसूचकमा गिरावट भएको कारण १३ वटा समूहगत परिसूचक मध्ये सबैको परिसूचक घटेको छ। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ। दोस्रो स्थानमा रहेको होटल्स समूहको परिसूचक २.१२ प्रतिशतले घटेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *