Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा – सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारीमा सहभागिता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा – सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारीमा सहभागिता

काठमाडाैं, २२ जेष्ठ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्व तयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मंगलबार बिहान धनगढी आइपुगेका थिए । उनि बुद्ध एयरको नियमित उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गरेकि थिइन् ।

धनगढी आगमनका अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले मन्त्री राणाको विमानस्थलमा स्वागत गरेको थियो। लगानी तथा विकास सम्मेलनको पूर्व तयारी सम्मेलन जेठ २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने तय भएको छ। सम्मेलनमा प्रमुख अतिथिको रूपमा मन्त्री डा. राणाले सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको छ।

प्रदेश सरकारले आयोजना गर्न लागेको पहिलो लगानी सम्मेलनको मुख्य उद्देश्य प्रदेशको प्रचुर प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदा, रणनीतिक भौगोलिक अवस्थिति र आर्थिक विकासका सम्भावनाहरू उजागर गर्दै रुपान्तरणमुखी आर्थिक वृद्धि हासिल गर्नु रहेको छ।

मुख्यमन्त्री शाहका अनुसार सम्मेलनमा संघीय, प्रदेश र स्थानीय तहका सरकारहरू, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार संस्था, मित्र राष्ट्रहरू, व्यवसायिक प्रतिष्ठानहरू, स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, नीति निर्माता, बैंक तथा वित्तीय संस्था, एनआरएनएका अग्रणी प्रतिनिधि, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, लगानीविद्, अनुसन्धानमूलक संस्था, स्थानीय उद्यमी र स्टार्टअप उद्यमी लगायत सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता रहनेछ।

सम्मेलनको लक्ष्य प्रदेशमा उद्योग, खानी तथा खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटन जस्ता क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्दै सरकारी, निजी तथा सहकारी क्षेत्रबीचको साझेदारी सशक्त पार्नु रहेको छ। यस माध्यमबाट लगानी वृद्धि, नवीन व्यवसायिक सक्रियता, समृद्धि, विकास, र रोजगारीका अवसरहरू अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने प्रयास गरिएको छ।

“सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति” भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले मुख्य सम्मेलन आगामी असोज १ र २ गते आयोजना गर्ने तयारी गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *