Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय वाणिज्य बैक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

राष्ट्रिय वाणिज्य बैक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

काठमाडौं, ३१ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच बैंकका डेबिट कार्ड होल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका डेबिट काडहोल्डरहरु र कार्डहोल्डरका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सीटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डीक नन इन्भेसिभ परिक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउने छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्याल, विभागीय प्रमुख रिको स्थापित, नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट मूख्य मार्केटिङ्ग अधिकृत प्रविन डावर, सहायक प्रवन्धक सुष्मा ढकाल लगायतको उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x