बम राखिएको हल्लापछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण, मुम्बई फर्किएको अर्को जहाज

काठमाडाैं, ३० जेष्ठ । बम राखिएको आशंकाका कारण एयर इन्डियाको एक विमानले थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ। भारतका विभिन्न सञ्चार माध्यमहरूका अनुसार, इन्डिया–लण्डन उडान (AI-379) मा रहेको विमानमा बम राखिएको खबरपछि यो सतर्कता अपनाइएको हो।थाइल्याण्डमा आपतकालीन अवतरण गर्नुका साथै, आज बिहान ५:३९ बजे मुम्बईबाट १५६ यात्रु लिएर लण्डनतर्फ उडेको एयर इन्डियाको अर्को विमान पनि बमको हल्लापछि सुरक्षा कारणवश मुम्बईमै फर्किएको छ।
विमान मुम्बई फर्किएको पुष्टि गर्दै भारतको नागर विमानन महानिर्देशनालय (DGCA) ले यात्रुहरूको सुरक्षा प्राथमिक भएको भन्दै विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
यसबीच, एयर इन्डियाले इरान र इजरायलबीच चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाई मार्गमा असर परेको र त्यसले गर्दा थुप्रै उडानहरूलाई परिवर्तन वा रद्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएको छ। केही उडानहरूलाई गन्तव्यतर्फ जानु अघि नै फिर्ता गरिनु परेको एयर इन्डियाले स्पष्ट पारेको छ।