नागरिक लगानी कोषको अध्यक्ष र प्रमुख कार्यकारीले दिए राजीनामा
काठमाडौं, ६ भद्रौं । नागरिक लगानी कोषका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएका छन् । कोषका अध्यक्ष महाश्रम शर्मा र प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले राजीनामा दिएका हुन ।
काम सन्तोषजन नभएको भन्दै सरकारले पोखरेलसँग स्पष्टिकरण सोधेको थियो । आफ्नो कार्यसम्पादनमा प्रश्न उठाउदै सरकारले स्पष्टिकरण सोधेपछि उनले राजीनामा दिएको बताइएकोछ ।
अब बस्ने मन्त्री परिषद् बैठकले कोषको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नियूक्त गर्ने छ ।