Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

नेप्से लगातार पाँचौँ दिन बढ्यो, कारोबार रकम भने घट्यो

नेप्से लगातार पाँचौँ दिन बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडाैं, १९ असार । नेपाली सेयर बजार परिसूचक नेप्से आज लगातार पाँचौँ कारोबार दिन पनि बढेको छ। आज नेप्से परिसूचक १०.९८ अंकले बढेर २ हजार ७ सय ०५ दशमलव ८१ विन्दुमा पुगेको छ।

आजको कारोबारमा होटल तथा टुरिजम, जलविद्युत, लगानी, माइक्रोफाइनान्स र व्यापार समूहका उपसूचकहरू घटेका छन् भने अन्य सबै समूहका उपसूचकहरू बढेका छन्। यस दिन फाइनान्स समूह सर्वाधिक ४.००९ प्रतिशतले बढेको छ। यस्तै, जीवन बीमा समूह २.५६ प्रतिशतले र निर्जीवन बीमा समूह २.२४ प्रतिशतले बढेका छन्।

आज नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यद्यपि, नेप्से दोहोरो अंकले बढेको दिन सप्तकोशी डेभलपमेन्ट बैंक र गुराँश लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका २ करोड ४९ लाख ७६ हजार कित्ता सेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ। यसले बजारमा सेयर मूल्य बढे पनि कारोबार रकममा भने कमी आएको देखाउँछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *