३ बर्षमा २ लाख ७० हजार निजीआवासहरुको पुनर्निर्माण सम्पन्न
काठमाडौं, ८ भद्रौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार विसं २०७२ सालको भूकम्पबाट ८ लाख ७४ हजार ८६ निजीआवस क्षतिग्रस्त भएको थियो । भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि ती मध्ये २ लाख ७० हजार ८ सय २४ वटा निजीआवासहरुको मात्र पुनर्निर्माण सम्पन्न भएको छ।
त्यस्तै ५ लाख ४१ हजार ७ सय ४६ वटा निजीआवास पुनर्निर्माणको काम भइरहेको प्राधिकरणले जनाएको छ । मुलुकभरका अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाका निजीआवस निमार्णमा सरकारले पटक पटक गरि भुकम्प पीडितहरुलाई तीन चरणमा अनुदान रकम उपलब्ध गराउदै आएको छ ।
निजीआवास पुनर्निर्माण अनुदान सम्झौता भएका अति प्रभावित १४ जिल्लाका ६ लाख २२ हजार ८ सय ७४ जना भुकम्प पीडितले पहिलो किस्ता लिएका छन् भने कम प्रभावित १८ जिल्लाका ९१ हजार ३ सय २२ जाना पीडितले पहिलो किस्ता वापतको रकम लिइसकेका छन् । त्यसै ४ लाख ९७ हजार ८ सय ४७ मध्ये ४ लाख ६९ हजार ४ सय ४८ भुकम्प पीडितले गरि दोस्रो किस्ता वापतको रकम लिइसकेका छन् । त्यस मध्ये अति प्रभावित जिल्लाका ४ लाख ४९ हजार ५६ जनापीडितले त्यस्तो अनुदान लिएका छन् भने कम प्रभावित १८ जिल्लाका २ हजार ३ सय ९९ जना भुकम्प पीडितले निजीआवास निर्माण अनुदानको दोस्रो किस्ता लिएका थिए ।
निजी आवास निर्माण अनुदानको तेस्रो किस्ता लिने कुल २ लाख ७१ हजार ८ सय ३८ जना भुकम्प पीडित मध्ये २ लाख ५७ हजार ५ सय ३४ जना भुकम्प पीडितले निजीआवास पुनर्निर्माण अनुदानको रकम लिएको प्राधिकरणले जनाएको छ ।
पुन निमार्ण प्रधिकरणमा निजीआवास निर्माण अनुदान लिन छुटेका हाल सम्म २ लाख ५ हजार ५ सय ८४ जना भुकम्प पीडितहरुको निवेदन रहेको छन् । जसमा १ लाख २९ हजार ४ सय ८ जनाको निवेदन पुन सर्वेक्षण गरिएको छ भने ९१ हजार ९ सय १८ जनालाई निजीआवास निर्माण अनुसारको किस्ता लिन सुनुवाई गरिएको प्राधिकरणले जनाएको छ ।