Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सातामा सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

सातामा सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौं, ८ भद्रौ । पछिल्ला केही दिन यता सुनको मूल्यमा उत्तार चढाव आएको छ । उत्तार चढावका बीच यो साता सुनको मुल्य ४ सय रुपैयाँले वृद्धि बढेको छ ।

गएको शुक्रबार ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । भदौ १ गते शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा २ सय रुपैयाले वृद्धि भएर आईतबार सुनको मुल्य ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार र मंगलबार भने मूल्य स्थिर रह्यो ।

त्यसैगरि बुधबार पुन प्रतितोला ३ सय रुपैयाँले बढेर ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्य दिन सुनको मुल्य बढी रहेको भएपनि बिहिबार भने तोलाको १ सय रुपैयाँले घटेर ५६ हजार रुपैयाँ कायम भएको थियो भने साता अन्तिम दिन शुक्रबार पनि मूल्य स्थिर रहि प्रतितोला ५६ हजार रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x