Date

सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025

आज प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

आज प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

काठमाडाैं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार वर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो १ बजे सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीको सम्बोधनमा सरकारको विगत एक वर्षको उपलब्धि, आगामी नीतिगत प्राथमिकताहरू, र संसदमा प्रमुख प्रतिपक्षी दल तथा अन्य दलहरूले उठाएका समसामयिक विषयहरू समेटिनेछन्।

संसद सचिवालयका अनुसार, विशेष सम्बोधनसँगै प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिनेछन्। यो कार्यसूची प्रतिनिधिसभा नियमावलीअनुसार नियमित कार्यसूचीमा समावेश गरिएको हो।

प्रतिनिधिसभाको आजको बैठक राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ, किनभने यो सम्बोधनले सत्तापक्ष र प्रतिपक्षबीचको बहसमा नयाँ मोड ल्याउने विश्वास गरिएको छ।

प्रधानमन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण संसद टेलिभिजनमार्फत हुने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *