राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ५औं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न

काठमाडाैं, ७ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच मंगलबार भव्य समारोह सम्पन्न गरेको छ। पेशागत महासंघका अध्यक्ष पु.य. प्रसाद काल ले समारोहको अध्यक्षता गर्दै वार्षिकोत्सव मूल कार्यक्रमको सञ्चालन गरे। उनले राज्य र रोजगारदाताले श्रमिकको रोजगारी र सेवासुविधामा ध्यान पुर्याउँदा उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने बताएका थिए।
अध्यक्ष कालले राष्ट्रिय वाणिज्य बैंकमा भइरहेको आन्दोलनमा महासंघको ऐक्यवद्धता जनाउँदै आवश्यक कदम लिइने र तार्किक निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय ले सम्झौताका विषयमा चर्चा गर्दै तत्काल समाधान नभए थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिए।
समारोहमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव शिव कुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष धर्मराज मैनाली, नेपाल राष्ट्रिय बैंक कर्मचारी संघका अध्यक्ष रामहरी शिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर बहादुर सिंह, र नेपाल राष्6ि«य कर्मचारी संघका अध्यक्ष दिपेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रममा ‘राष्ट्रिय वाणिज्य बैंकको सन्दर्भमा योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरु’ विषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो, जसमा जानकी कुमारी न्यौपाने प्रथम, रमा पराजुली द्वितीय, र राकेश कुमार राय तृतीय घोषित भए। त्यस्तै, म्युजिकल चेयर खेल प्रतियोगितामा रेनूका न्यौपाने प्रथम, एलिना गौतम द्वितीय, र कोपिला काल तृतीय भएका छन्। विजयी प्रतियोगीलाई प्रमुख अतिथिहरूले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमको संचालन महासचिव रविन्द्रप्रसाद चौंलागाईं ले गरेका थिए, र बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य व्यक्त गरे। यस कार्यक्रममा विभिन्न संघका पदाधिकारी, कर्मचारी र संस्थाका प्रमुखहरूको उपस्थिति थियो।
समारोहको समापन राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय परिसरमा अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे र बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले संघको झण्डोत्तोलन गर्दै गरियो।
त्यसैगरी, रक्तदान कार्यक्रम र स्वास्थ्य शिविरमा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमको अवसरमा विभिन्न प्रदेश समितिहरुले पनि विशेष कार्यक्रमहरू सञ्चालन गरेका छन्। कोशी प्रदेश समितिले विपन्न विद्यार्थीलाई सामग्री प्रदान, मधेश प्रदेश समितिले मानव सेवा आश्रममा भोजन कार्यक्रम आयोजना गरेको छ भने सुदूर पश्चिम प्रदेश समितिले वृदाश्रममा खाद्यान्न वितरण गरेको छ।
संगठनको ५औं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गर्नमा संघका कार्यकारी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य, प्रदेश समितिका पदाधिकारी र कर्मचारीहरूको सक्रियता र सहभागिता निकै महत्त्वपूर्ण रहेको छ।