Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

थाइल्यान्ड–कम्बोडिया सीमा तनाव चुलियो, एक लाखभन्दा बढी विस्थापित

थाइल्यान्ड–कम्बोडिया सीमा तनाव चुलियो, एक लाखभन्दा बढी विस्थापित

काठमाडाैं, ९ साउन । थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद हिंसात्मक मोडमा प्रवेश गरेको छ। पछिल्ला दिनहरूमा दुवै देशको सीमामा बारम्बार गोलीबारी हुँदै आएको छ। शुक्रबार पुनः भएको झडपमा थप हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन्।

हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने घाइतेहरूको संख्या अझै बढ्दै गएको छ। करिब एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका छन्।

शुक्रबार दुवै देशले सीमामा थप सैनिक परिचालन गरेका छन्। बिहीबार कम्बोडियाली सेनाले थाई सिमाना नजिक रहेका केही गाउँहरूमा आक्रमण गरेको थियो, जसको प्रतिकारमा थाईल्यान्डले एफ–१६ लडाकु विमानबाट कम्बोडियाका सैन्य अड्डामा हमला गर्‍यो।

८०० किलोमिटर लामो सीमामा चलिरहेको विवाद पछिल्ला महिनादेखि अझ गहिरिएको हो।

विवादको जरो

थाइल्यान्ड–कम्बोडिया सीमा विवादको इतिहास १०० वर्षभन्दा पुरानो छ। सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको उपनिवेश थियो, त्यतिबेला सियाम (हालको थाइल्यान्ड) र कम्बोडियाबीच सीमा तय गरिएको थियो।

तर सोही क्रममा ८१७ किलोमिटर लामो क्षेत्र विवादित बन्यो। यो विवाद ११औं शताब्दीको ऐतिहासिक ‘प्रेह विहार’ मन्दिर वरिपरि अझ गहिरिएको हो। सन् १९६२ मा दुवै देशले यो विवादलाई अन्तर्राष्ट्रिय न्यायालय (ICJ) मा लगेका थिए, जहाँ ICJ ले कम्बोडियाको पक्षमा फैसला सुनाएको थियो।

फैसला अनुसार थाइल्यान्डले आफ्नो दाबी फिर्ता लिएको भए पनि मन्दिर वरिपरिको भूभाग र पहुँच विषयमा विवाद अझै समाधान हुन सकेको छैन।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *