Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

साताको अन्तिम दिन सेयर बजारमा ३१.५० अंकको गिरावट

साताको अन्तिम दिन सेयर बजारमा ३१.५० अंकको गिरावट

काठमाडाैं, १५ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.५० अंकले घट्दै १.०६ प्रतिशतले कमजोर भएको छ।

बिहीबार कुल कारोबार रकम १५ अर्ब ९८ करोड रुपैयाँ पुग्दा बजार पुँजीकरणसमेत घटेको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये १९८ कम्पनीको शेयरमूल्य घट्दा मात्र ५२ कम्पनीले मूल्य वृद्धिको अनुभव गरे।

सक्रिय कारोबार भएका कम्पनीमध्ये ट्रेड टावर लिमिटेड का सेयरधनीहरू सबैभन्दा बढी मुनाफामा रहे भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी का सेयरधनीहरूले सबैभन्दा धेरै घाटा बेहोर्नुपर्‍यो।

बिहीबारको दिन फाइनान्स उपसमूहबाहेक सबै उपसमूहको सूचक रातोमा बन्द भएको नेप्सेले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *