Date

शनि, साउन १७, २०८२
Sat, August 2, 2025

पेट्रोलकाे मूल्य घट्दा, डिजल र मट्टितेलकाे भने बढ्यो

पेट्रोलकाे मूल्य घट्दा, डिजल र मट्टितेलकाे भने बढ्यो

काठमाडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ ।

यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ तय गरिएको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची बिहीबार मध्यरात १२ बजेदेखि लागू भइसकेकाे निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *