Date

शनि, साउन १७, २०८२
Sat, August 2, 2025

पायोनियर मोटो कर्पलाई बि-एसयुभि आइसिइ सेग्मेन्टमा ‘मार्केट सेयर अचिभमेन्ट अवार्ड’

पायोनियर मोटो कर्पलाई बि-एसयुभि आइसिइ सेग्मेन्टमा ‘मार्केट सेयर अचिभमेन्ट अवार्ड’

काठमाडाैं, १५ साउन । निसान गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सको लागि बि-एसयुभि आइसिइ सेगमेन्टमा “२०२५ मार्केट सेयर अचिभमेन्ट अवार्ड” प्राप्त गरेको छ ।

निसान मोटर इन्डिया द्वारा “डिफाइ अर्डिनरि” आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’मा यो अवार्ड प्रदान गरिएको हो । उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआइइओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियाेन डाेर्सर्स र निसान मोटर इन्डिया प्रा.लि.का प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।

भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो । पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रीय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलताहरू पनि हासिल गर्दै आएको छ ।

यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटरकर्पले गरेको योगदानलाई बढावा दिन्छ ।

कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू (१. बि-एमपिभि, २. सि-एसयुभि, ३. सि-एसयुभि-प्लस) आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो । साथै, क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडेलहरू समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो । यी सबै मोडलहरू निसानको मूल एसयुभि डिएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुनेछ । यी मोडलहरू निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *