एमजीको प्रिमियम गाडी आईएम६ सार्वजनिक, नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने

काठमाडौं, १५ साउन । मोरिस गराजेज (एमजी)को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले प्रिमियम गाडी एमजी आईएम६ नेपाली बजारमा सार्वजनिक गरेको छ। यसलाई कम्पनीले नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बान एसयूभीको रुपमा सार्वजनिक गरिएको हो।
बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको एमजी आईएम६ एआई इन्टेलिजेन्सबाट सञ्चालित रहेको कम्पनीले उल्लेख गरेको छ। यसका अतिरिक्त अत्याधुनिक डिजाइन, बौद्धिक सुविधा र नयाँ प्रविधिले सुसज्जित आईएम ६ ले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।
सार्वजनिक भएसँगै एमजी आईएम ६ अब सबै अधिकृत एमजी डिलरशिपहरुमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध समेत भएको कम्पनीले जनाएको छ। लक्जरी, नवप्रवर्तन र लामो रेन्जको क्षमताको सम्मिश्रण यो ईभीमा पाइन्छ।
आईएम ६ चार मुख्य नवप्रवर्तनबाट सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। यसमा भेहिकल मोसन कन्ट्रोल, उच्चस्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच आईएडीजस्ता एआई सुविधाहरु रहेका छन्। यो गाडीमा ४०० भी प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्चस्तरीय हार्डवेयर रेनी नाइट मोड र वानटच आईएडीजस्ता फिचरले सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ। यस गाडीमा पाँच सिट क्षमता रहेको छ ।
उच्च शक्ति शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरु प्रयोग गरी यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ। आईएम ६ मा ४०० भोल्ट क्षमताको सवारी प्लेटफर्म, ७५ किलोवाट घण्टाको लिथियम फलोफोस्फेट ब्याट्री, उच्चतम १०९ किलोवाट क्षमताको मोटर, ४५० न्युटन मिटरको टर्क तथा अधिकतम २०० किलोमिटर प्रतिघण्टाको गति क्षमतासहितको उन्नत प्रणाली जडान गरिएको छ। यो सवारीले नयाँ यूरोपेली ड्राइभिङ चक्रअनुसार ५०५ किलोमिटर र विश्वव्यापी प्रमाणन अनुसार ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।
गाडीको निर्माणमा पनडुब्बीबाट प्रेरित संरचना, उच्च शक्ति सामग्रीको प्रयोग, तथा स्मार्ट सुरक्षात्मक संयन्त्रको प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। गाडीमा कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित ड्राइभिङ सहायक प्रणालीहरू जडान गरिएको छ, जसअन्तर्गत अनुकूली गतिको नियन्त्रण, स्वचालित आपतकालीन ब्रेक, लेन परिवर्तन सहायता, अन्ध स्थान पहिचान, अगाडि टक्करको चेतावनी र लेनबाट बाहिरिन लाग्दा दिने चेतावनी प्रणाली जस्ता अत्याधुनिक सुविधा रहेका छन्।
गाडी अर्को सातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने छ। यसको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।