Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

२ बर्षभित्रमा रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्ने

काठमाडौं, १३ भद्रौ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले ७ सय ५३ सम्पदाहरुमा क्षति पु¥याएको थियो । ती मध्ये काठमाडौंको रानीपोखरीमा पनि भुकम्पले क्षति पु¥याएको थियो । २०७२ सालको महाभुम्कम्पबाट पूर्ण क्षतिग्रस्थ भएको मल्लकालीन सभ्यता र पहिचान झल्काउने रानीपोखरी आज पनि क्षतिग्रस्त अवस्थामा नै छ ।

भुकम्प गएको ३ बर्ष बित्ति सक्दा पनि रानी पोखरीको पुनर्निर्माणको विषय बारम्बार विवादित बन्दै आएको छ। कहिले कुन निकाय त कहिले कुन निकाय त कहिले स्थानीयको विरोधले गर्दा रानी पोखरी पुर्नर्निर्माण हुन सकेको छैन । यसभन्दा अघिपनि निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिटवाल उठाउने र रानीपोखरीलाई व्यापारीकरण क्षेत्रको रुपमा विकास गर्न खोजेको भन्दै गत वर्ष मङ्सिरमा उपमेयर हरिप्रभा खड्गी सहित स्थानीय सम्पदा प्रेमीले रानीपोखरी निर्माण स्थलमा तालाबन्दी लगाएका थिए ।

विरोधका कारण लगभग ९ महिना पुर्ननिर्माणको काम ठप्प भएको थियो । त्यसपश्चात् रानीपोखरी पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय विच आपसमा विभिन्न छलफल पश्चात् अन्तत रानिपोखरीको पुर्ननिर्माण काठमाडौ महानगरपालिकाले नै पाएको छ । काठमाडौ महानगपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले रानीपोखरी पुर्ननिर्माणको विवाद पूर्णरुपमा सुल्झिएको बताए । १ महिना भित्र कम्पनी छनौटगरी निर्माण कार्य अघि बढाउने कार्कीको भनाई छ ।

१५ करोड लगानीमा जो कम्पनी छनोट हुन्छ उसैले रानि पोखरीको पुर्ननिर्माण गर्नै उनले बताए । रानीपोखरी अबको दुईबर्षमा पुर्नर्निर्माण सम्पन्न हुने प्रवक्ता कार्कीको भनाई छ । विज्ञहरुको सुझाव र पुरातत्व विभागको सल्लाहाका आधारमा नै पहिलाकै मेडालीटिमा रानीपोखरी पुनर्निर्माण हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x