Date

बिहि, साउन २२, २०८२
Thu, August 7, 2025

‘नयाँ विद्रोहको तयारीमा छु’ : प्रचण्ड

‘नयाँ विद्रोहको तयारीमा छु’ : प्रचण्ड

काठमाडाैं, १९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्न नयाँ विद्रोह आवश्यक भएको बताएका छन्। पेरिसडाँडामा आयोजित एक शहीद स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ क्रान्तिको तयारी भइरहेको घोषणा गरेका हुन्।

‘नयाँ विद्रोहबाट प्रतिगामीहरूलाई परास्त गर्नुपर्छ। यो मेरो प्रतिबद्धता हो र म यसको तयारीमा छु,’ प्रचण्डले भने। उनले आफ्नो राजनीतिक यात्रा जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा अब अर्को सङ्घर्ष अपरिहार्य भएको बताए।

प्रचण्डले पार्टीले चाँडै नै ‘मध्यपहाडी अभियान’ चलाउने जानकारी दिए। यस अभियानअन्तर्गत शहीद परिवारका घरघरमा पुगी उनीहरूको पीडा सुन्ने र श्रमिक वर्गसँग जोडिने काम गरिनेछ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्ने निर्णय गरिए पनि अदालतको आदेशका कारण रोकिएको स्मरण गरे। उनले प्रतिगामी शक्तिहरूले राजनीतिक षड्यन्त्र मात्र नभई क्रान्तिकारी इतिहास मेट्ने प्रयास गरिरहेको आरोप लगाए।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *