Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

कोरिया रोजगारका लागि भाषा परीक्षा आवेदन साउन २६ देखि खुला

कोरिया रोजगारका लागि भाषा परीक्षा आवेदन साउन २६ देखि खुला

काठमाडाैं, १९ साउन । कोरियामा रोजगारीको इच्छुक नेपाली युवाका लागि EPS अन्तर्गत भाषा परीक्षा आवेदन साउन २६ गतेदेखि खुला हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको EPS कोरिया शाखाले जानकारी दिएको अनुसार आवेदन साउन ३१ गतेसम्म दिन सकिनेछ।

कोरियन मानव संशाधन विकास संस्था (HRD Korea) सँगको सहकार्यमा उत्पादनमूलक तथा कृषि/पशुपालन क्षेत्रमा कामदार पठाउनका लागि आवेदन माग गरिएको हो।

यस चरणको लागि ५,३०० कोटा निर्धारण गरिएको छ, जसमा

  • ३,५०० जना उत्पादनमूलक क्षेत्रमा,
  • १,८०० जना कृषि तथा पशुपालन क्षेत्रमा छनोट गरिने छन्।

आवेदकले एकै क्षेत्रमा मात्र आवेदन दिन पाउनेछन्। पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्र दोस्रो चरणको सीप परीक्षण (Skill Test) र दक्षता परीक्षण (Competency Test) मा सहभागी हुन पाइनेछ।

आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिक योग्य हुनेछन्। परीक्षा स्थल काठमाडौंमा हुनेछ भने, विस्तृत जानकारी EPS शाखाको वेबसाइटमा उपलब्ध छ। कोरियामा वैदेशिक रोजगारीको खोजीमा रहेका युवाहरूका लागि यो अवसरलाई महत्वपूर्ण मानिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *