Date

शनि, साउन ३१, २०८२
Sat, August 16, 2025

नाडा अटो सोको उद्घाटन प्रधानमन्त्रीले गर्ने

नाडा अटो सोको उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाडौं, २७ साउन। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने १७औँ संस्करणको नाडा अटो सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

नाडा अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीलाई भेटी उद्घाटनका लागि निम्तो दिएको थियो । नाडाको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको नाडाले जनाएको छ । यसबाट अटोमोबाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महसुस गरेको नाडाको भनाइ छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा हुने १७औँ संस्करणको नाडा अटो सो २०२५ हुँदैछ ।

अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७औँ संस्करणको नाडा अटो सो २०२५ आयोजना गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

यसैगरी, अध्यक्ष चौधरीले यस वर्षको अटो सोमा एक सय २५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर सोलगायतका कार्यक्रम हुने बताए । यस्तै, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स र दिप्पल ईभीटीओएल यूएभीजस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नाडाले जनाएको छ ।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *