Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

नाडा अटो शोमा फोटोन र सोकोनका ईभीमा धमाका अफर

नाडा अटो शोमा फोटोन र सोकोनका ईभीमा धमाका अफर

काठमाडौं,  ३ भदाै । फोटोन टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले आजदेखि सुरु हुने नाडा अटो शो २०२५ को अवसरमा विशेष छुट अफर ल्याएका छन् ।

नेपालका लागि यी विभिन्न ब्रान्डको आधिकारिक वितरक एमएडब्लु ग्रुपका अनुसार नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्स पाउने छन् । साथै अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीको पनि व्यवस्था मिलाइएको छ ।

टीएम१ को मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार गरिएको छ।

खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसले गर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन्।

यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँको सपिङ कुपन, साथै ३ वर्ष सम्म पाट्र्स सहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पीएमएस) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ। माउन्टेन ईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ। सोकोन ईभीभ्यानले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्ने बताइएको छ ।

नाडामा फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ एवम् स्टल जे६ मा गएर सोकोन ईभी भ्यानको अवलोकन गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *