Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

एससिटी–युनियन पे कार्डबाट अब मोबाइल वालेटमा रकम लोड गर्न मिल्ने

एससिटी–युनियन पे कार्डबाट अब मोबाइल वालेटमा रकम लोड गर्न मिल्ने

काठमाडाैं, ५ भदौ । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले जारी गर्दै आएको एससिटी–युनियन पे कार्डबाट अब नेपालमा सञ्चालनमा रहेका विभिन्न मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने भएको छ।

कार्डबाट वालेट लोड गर्न मिल्ने सुविधा रहेको इसेवा, खल्ती, हाम्रो पेलगायतका वालेटहरूमा ग्राहकले सजिलै आफ्नो एससिटी–युनियन पे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुविधा जारी भएको हो।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपजी)मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेसनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्ने एससिटीले जनाएको छ। यो सुविधाले ग्राहकहरूलाई आफ्नो एससिटी–युनियन पे कार्डबाट पिओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ–कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद आदि पनि गर्न अझ सरल हुने कम्पनीको अपेक्षा छ।

एससिटीले हाल २३ बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससिटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ। एससिटी–युनियन पे डेबिट कार्ड इच्छुक ग्राहकहरूले सजिलै एससिटीका सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *