सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडाैं, ६ भदाै । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ ।
हिजो बिहीबारको तुलनामा सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि बुधबार भने सुनको मूल्य एकैदिनमा १ हजार ३०० रुपैयाँले बढेको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि भएको छ । बिहीबार तोलामा ३५ रुपैयाँ बढेको चाँदी शुक्रबार थप २० रुपैयाँ बढेर प्रतितोला २ हजार ३१० रुपैयाँमा पुगेको छ । अघिल्लो दिन यसको मूल्य २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।