अण्डाको मूल्य फेरि बढ्यो, खुद्रा २३ रुपैयाँ पुगे

काठमाडाैं, १२ भदाैं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णयअनुसार नयाँ मूल्य भदौ १५ गतेदेखि लागू हुने भएको छ।
संघले तोकेको नयाँ फार्म-होलसेल मूल्यअनुसार:
- ठूलो अण्डा प्रति क्रेट : ५४५ रुपैयाँ
- मध्यम अण्डा प्रति क्रेट : ५३० रुपैयाँ
- सानो अण्डा प्रति पेटी : ३,००० रुपैयाँ
उपभोक्ताका लागि नयाँ खुद्रा मूल्य भने:
- प्रति गोटा : २३ रुपैयाँ
- २ गोटा : ४५ रुपैयाँ
यसअघि भदौ ४ गते अण्डाको मूल्य समायोजन गरी ठूलो अण्डाको क्रेट मूल्य ५३० रुपैयाँ र मध्यम अण्डाको ५१५ रुपैयाँ तोकिएको थियो।
संघले चितवनबाट अण्डा बिक्री डिपोहरूमा लोड गर्दा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने जानकारी पनि दिएको छ।