Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

कामना सेवा बैंकले असोज २४ गते साधारण सभा बोलायो

कामना सेवा बैंकले असोज २४ गते साधारण सभा बोलायो

काठमाडाैं, १ असाेज । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १९ औँ वार्षिक साधारण सभा आयोजना गर्न लागेको छ। सभा असोज २४ गते, शुक्रबार, बिहान ११ बजे काठमाडौँको लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा हुने छ।

सभामा बैंकले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने योजना बनाएको छ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीका तर्फबाट ३ र सर्वसाधारणतर्फबाट ३ गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने अन्य प्रस्तावहरू पनि पारित गर्नेछ।

लाभांश वितरण र साधारण सभामा सहभागी हुन बैंकले असोज ८ गते बुक क्लोज गर्नेछ। यस अनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *