Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

नेप्सेमा दोहोरो सर्किट, ५% गिरावटसँगै कारोबार ४० मिनेट रोकिने

नेप्सेमा दोहोरो सर्किट, ५% गिरावटसँगै कारोबार ४० मिनेट रोकिने

काठमाडाैं, २ असोज । जेनजी आन्दोलनपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पुनः ठूलो गिरावटमा गएको छ। कारोबार सुरु भएको केही मिनेटमै बजारमा दोहोरो नकारात्मक सर्किट लाग्दा कारोबार ४० मिनेटका लागि स्थगित भएको हो।

बिहीबार बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले घटेपछि पहिलो नकारात्मक सर्किट लाग्यो र कारोबार २० मिनेटका लागि रोकियो। पहिलो रोकपछि पुनः खुलेको बजारमा फेरि तीव्र गिरावट आइपुग्दा ५ प्रतिशतले घट्दै दोस्रो सर्किट लागेर कारोबार अर्को ४० मिनेटका लागि बन्द भयो।

नेपाल स्टक एक्सचेन्जको नियमानुसार, कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से सूचक ४ प्रतिशत बढे वा घटेमा २० मिनेटका लागि कारोबार रोकिने व्यवस्था छ। दोस्रो घण्टाभित्र सूचक ५ प्रतिशतले बढे वा घटेमा ४० मिनेटका लागि रोकिने प्रावधान छ। त्यस्तै, यदि सूचक ६ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार नै बन्द गरिने नियम लागू हुन्छ।

आजको कारोबारमा जेनजी आन्दोलनको असर स्पष्ट देखिएको छ। लगानीकर्तामा अनिश्चितता र जोखिमको मनोविज्ञानले बजारलाई थप दबाबमा पारेको विश्लेषकहरूको बुझाइ छ। दोहोरो सर्किटले लगानीकर्ताको मनोबल कमजोर पार्दा आगामी दिनमा बजार स्थिर राख्न नियामक निकायको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *