Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी स्थिर

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी स्थिर

काठमाडाैं, २१ असाेज । मंगलबार सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ। आज सुनको मूल्य प्रति तोला २ हजार ३०० रुपैयाँले वृद्धि भई २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सोमबार सुनको मूल्य प्रति तोला २ हजार ५०० रुपैयाँले बढेर २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको थियो। यसरी दुई दिन लगातार मूल्य वृद्धिसँगै सुनले नयाँ उच्चतम स्तर छुन सफल भएको हो।

यता चाँदीको मूल्य आज स्थिर रहेको छ। सोमबारकै मूल्य २ हजार ९ सय ६० रुपैयाँ प्रति तोला आज पनि कायम गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *