केन्द्रिय बैंकले ९० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडाैं, २१ असाेज । वित्तीय प्रणालीमा उच्च तरलताको चाप कायम रहेकाले केन्द्रीय बैंकले आज थप ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ।
निक्षेप संकलन उपकरणमार्फत १२ दिनका लागि थप रकम संकलन गरिनेछ। अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजे बोलकबोल हुने यस प्रक्रियामा इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँसम्म भाग लिएर आवेदन दिन सक्नेछन्। बाँकी रकम निःशेषको आधारमा आवेदकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको परिपक्वता तथा सावाँ ब्याज भुक्तानी कार्तिक २ गते हुनेछ। राष्ट्र बैंकका अनुसार बोलकबोल सिंगल र बहुब्याजदरमा गर्न सकिनेछ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। बैंकले यो कदम वित्तीय प्रणालीमा तरलता व्यवस्थापन र बजारमा अस्थिरता नियन्त्रण गर्ने प्रयासका रूपमा लिएको छ।