Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

ग्लोबल आइएमई बैंकको ८% नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको ८% नगद लाभांश घोषणा

काठमाडाैं, २६ असाेज । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीका लागि ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको असोज २५ गते (शनिबार) बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

घोषित लाभांशमा कर समेत समावेश गरिएको बैंकले जनाएको छ। अब यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि मात्र वितरण गरिनेछ।

ग्लोबल आइएमई बैंकले विगतका वर्षहरूमा पनि स्थिर रूपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ। यो निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *