Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

१२ उद्योग–फर्ममाथि विभागको कारवाही, लाखसम्म जरिवाना

१२ उद्योग–फर्ममाथि विभागको कारवाही, लाखसम्म जरिवाना

काठमाडाैं, २७ असाेज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार अनुगमनका क्रममा १२ वटा उद्योग र फर्ममाथि कारवाही गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम नियमविपरीत क्रियाकलाप गरेको ठहर गर्दै विभागले विभिन्न रकम जरिवाना गरेको हो।

अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१३ मा रहेको के.के. मेटल स्टोरलाई सबैभन्दा बढी १ लाख रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै, श्रद्धा भाँडा पसल, प्रकाश वानिया भाँडा पसल र बानिया बन्धु भाँडा पसललाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

यसैगरी, अग्नि हस्तकला उद्योग, जल्पा सुपर मार्केट, र डब्लु एस ड्राइ फुड्सलाई जनही २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, लगन ताम्राका शपिङ सेन्टर (ललितपुर), वानिया किचन क्राफ्ट, र माँ भवना खाद्य किराना स्टोरलाई जनही १०–१० हजार रुपैयाँ जरिवाना गरिएको हो।

विभागका अनुसार विकास जनरल इम्पेक्स र जय भोले नाथ स्टोरमाथि पनि जनही ५–५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

विभागले उपभोक्ताको हक र सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *