Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

सर्लाही, २९ असोज। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको छ ।

लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् । लोसपासँगै जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसदहरूको हस्ताक्षर सहित ५६ जना प्रदेशसभा सदस्यले बुधबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नयाँ सरकारका लागि दाबी बुझाएका हुन् ।

यसअघि मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेकी थिइन् ।

अन्तिम समयमा जनमत पार्टीले नेपाली कांग्रेसको साथ छोड्दै लोसपाको नेतृत्वमा बन्न लागेको गठबन्धनमा सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *