Date

शुक्र, मंसिर ७, २०८१
Fri, November 22, 2024

सोमबार पनि शेयर बजार घट्यो

सोमबार पनि शेयर बजार घट्यो

काठमाडौं, ४ मंसिर । गत साताको पहिलो तिन दिन जसरी नेप्से परिसुचक माथि उक्लेको थियो त्यस यता शेयर बजारले तल झर्ने प्रवृतिमा पनि उहि लय समाएको छ । शेयर बजार गत साता माथि उक्लदा ५५.२९ अंकले माथि उक्लेको थियो । तर त्यस यता बजार तल झर्दा आज सोमबारसम्ममा परिसुचकमा ४६.८६ अंकको गिरावट आएको छ ।

सोमबार शेयर बजारको परिसुचक नेप्से परिसुचक ६.५६ अंकले तल झरेर १४६९.१६ विन्दुमा पुगेको छ । शेयर बजार गत बुधबारबाट घट्ढो क्रममा रहेको छ । पछिल्लो तिन दिनमा शेयर बजार दोहोरो अंकले घटेकोमा आज सोमबार नेप्से परिसुचक एकल अंकले घटेको छ ।

नेप्से परिसुचकसंगै शेयर बजारको कारोबार रकममा समेत कमी आएको छ । यद्यपी कारोबार हुने कम्पनीहरुको संख्या भने सोमबार बढेको छ । सोमबार १६० कम्पनीहरुको ११ लाख ४६ हजार ६०९ कित्ता शेयरको किनबेचबाट ३९ करोड ३८ लाख १७ हजार २६१ रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार शेयर बजारमा ४५ करोड ५२ लाख ७२९ रुपैयाँको कारोबार भएको थियो । आज अन्य समुहको परिसुचक बाहेक सम्पुर्ण समुहगत परिसुचकमा गिरावट आएको छ ।

आजको शेयर बजारलाई शेयर बिक्रीको चाप पछिल्लो समयको भन्दा कम भएको भन्न सकिन्छ । सोमबार शेयर बजार ०.४४ प्रतिशतले घटेको छ भने सेन्सिटिभ इन्डेक्स १.५२ अंकले तल झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x