सुन–चाँदीको मूल्यमा ठूलो गिरावट: प्रतितोला सुन २९०० रुपैयाँ घट्यो
काठमाडाैं, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला २९०० रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो। यसअघि आइतबार सुनको मूल्यमा ११ हजार ६०० रुपैयाँको भारी गिरावट देखिएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि लगातार घटिरहेको छ। सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।



