सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट खड्काको सकुशल उद्धार
काठमाडौं, १२ कार्तिक । सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना भएको छ।
बुधबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका-५ लोबुचेमा अल्टिच्युड एयरको ९एन-एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको हो । उक्त हेलिकप्टर यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो।
नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलट विवेक खड्काको सकुशल उद्धार गरिएको छ ।



