Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मलेसियामा संचालित नेपाल पेभिलियनमा पर्यटन व्यवसायीहरुको उल्लेख्य सहभागिता

काठमाडौं, १ असोज । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसंगको सहकार्यमा मलेसियामा आयोजना गरेको “नेपाल पेभिलियन” मा नेपाली व्यवसायीहरुको उल्लेख्य सहभागिता जनाए । सेप्टेम्बर १२ देखि १४ सम्म मलेसियाको लंकाबीमा संचालन गरिएको थियो ।

नेपालबाट १० वटा निजि क्षेत्रका पर्यटन कम्पनिका प्रतिनिधिहरुले भाग लिएका थिए । पाटा ट्राभल मार्ट २०१८ मा विश्वभरीका ७० गन्तब्यहरुबाट कुल १४ सयले सहभागिता जनाएका थिए । जसमा २ सय ८ वटा संघ संस्था÷कम्पनिहरु तथा ३३ वटा गन्तब्यहरुबाट ३२% स्थानिय गरी कुल ३८९ विक्रेता सहभागिहरु र २४१ वटा संस्थाहरु तथा ५३ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरिएको पाटा नेपालले जनाएको छ ।

साथै पाटाले नेपाल, बंगलादेश, सिंङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २ सय १० जना युवा पर्यटन प्रोफेशनलहरुलाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेशनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x