Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

कर प्रशासनका कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन : ‘कसैले औला ठड्याउन नपर्ने गरि काम गनुस्’

कर प्रशासनका कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन : ‘कसैले औला ठड्याउन नपर्ने गरि काम गनुस्’

काठमाडौं, १ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरि काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । काठमाडौंको बबरमहलमा स्थापना गरिएको मध्यमस्तरीय करदाता कार्यालयको उद्घाटन गर्दै आज उनले निष्ठापूर्वक कसैको प्रलोभन र धम्कीमा नपरि काम गर्न निर्देशन दिएका हुन ।

त्यस्तै उनले करदातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण सृजना गर्न पनि उनीहरुलाई आग्रह गरे । कर प्रणालीलाई लगानीमंत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि मन्त्री खतिवडाले प्रष्ट्याए ।

मन्त्रिपरिषदको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गरिएको हो । कार्यालयलाई २५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x