Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जनता अवकाश कोषले बचतकर्तालाई १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने

जनता अवकाश कोषले बचतकर्तालाई १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने

काठमाडौं, १ असोज । जनता अवकाश कोषले आर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट सहभागी बचतकर्ता÷संचयकर्ताहरुलाई उनीहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ । कोष संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले कोषको आर्थिक बर्ष २०७४÷७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत पनि गरेको छ । बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा गत असार असार १ गतेबाट कोषको नाम परिर्वतन गरि जनता अवकाश कोष राखिएको थियो । कोषले हाल ४ सय ५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

जनता अवकाश कोषले कर्मचारीको संचय कोष, अवकाश कोष, उपदान कोष, संचित विदा कोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजना मार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ । कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको जानकारी दिइएको छ ।

त्यस्तै कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १० हजार र काजक्रिया खार्च रु. १०हजारको व्यवस्था गरेको छ । जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडको नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x