पेट्रोल, डिजल र मट्टितेलको मुल्य बढ्यो, हवाइ इन्धन र ग्याँसको मुल्य यथावत
काठमाडौं, ०२ असोज । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मुल्य बढाएको छ ।
असोज १ गते राती १२ बजेदेखी लागू हुने गरि निगमले पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको छ । भाउ बढेपछि पेट्रोल प्रतिलिटर ११४, डिजेल र मट्टितेल १०१ रुपैयाँ पुगेका छ। हवाई ईन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यनले पेट्रोलियम पदार्थको मुल्य बढेको हो । यसै आधारमा इण्डियन आयल कर्पोरेशनले १६ सेम्टेम्बरमा मूल्य बढाएर निगमलाई मूल्यसुची पठाएको थियो ।
मूल्य बढाउँदा पनि पेट्रोल लिटरमा २.९२¸ डिजेलमा२.७२ र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको र आगमी १५ दिनमा ३१ करोड ६७ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।