Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्व ब्यांकद्वारा उर्जा क्षेत्र पोलीसी क्रेडीट स्वीकृत, १० करोड डलर बजेटरी सहयोग

विश्व ब्यांकद्वारा उर्जा क्षेत्र पोलीसी क्रेडीट स्वीकृत, १० करोड डलर बजेटरी सहयोग

काठमाडौं, ३ असोज । विश्व ब्यांकले १० करोड अमेरिकी डलरको उर्जा क्षेत्रको पहिलो पोलीसी क्रेडीट स्वीकृत गरेको छ । नीतिगत सुधारका आधारमा यसअघि वित्तिय क्षेत्र सुधार र सार्वजनिक वित्त सुधारका आधारमा पनि विश्व ब्यांकले बजेटरी सहयोग दिदैं आएको छ । बजेटरी सहयोग अन्तर्गत प्राप्त सहयोगलाई सरकारले आफ्नो विकास प्राथमिकता अनुसार खर्च गर्न पाउँछ ।

नेपालको उर्जा क्षेत्रमा लगानी तथा सञ्चालनमार्फत् विश्वसनीय, सबैको पहुँच र दिगो उर्जा आपूर्तिमा सहयोग गर्ने उद्देश्यले विश्व ब्यांकले यो सहयोग दिएको हो । यो सहयोगले नेपालमा आधारभूत नीति, नियमन र संरचनागत मापदण्डहरु निर्माणका क्षेत्रमा काम गरिनेछ । नेपाल विद्युत् प्राधिकरण एकमात्र विद्युत् खरिदकर्ता रहेको नेपालमा पारदर्शी, जवाफदेही र स्वचालित र विद्युत् व्यापारलाई समेत प्रवद्र्धन गर्ने नियामकीय निकायको स्थापनाका लागि विश्व बैंकले यो सहयोग उपलब्ध गराएको हो ।

नेपालमा ठूलो मात्रामा जलविद्युत् उत्पादनका सम्भावना भएपनि कुल उर्जा खपत्मा ५ प्रतिशत मात्र जलविद्युत्को योगदान छ । ९५ प्रतिशत उर्जाको आपूर्ति अफ ग्रीड र उर्जाका अन्य स्रोतमार्फत् हुने गरेको छ । नेपालमा प्रतिव्यक्ति उर्जा खपत १७७ युनिट प्रतिवर्ष रहेको छ । जुन दक्षिण एसियामा पाँचौ हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x