Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दैनिक उपभोग्य बस्तुको भाउ आकाशियो, सरकारले प्रभावकारी अनुगमन नगरेको उपभोक्ताको गुनासो

दैनिक उपभोग्य बस्तुको भाउ आकाशियो, सरकारले प्रभावकारी अनुगमन नगरेको उपभोक्ताको गुनासो

दिलु कार्की
काठमाडौं, ३ असोज । दशैको नजिकिएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको भाउ आकाशिएको छ । चाडपर्वको बेला व्यापारीहरुले कहिले इन्धनको मूल्य बृद्धि त कहिले यातायातको असुविधालाई बहाना बनाउदै पछिल्लो केही दिन यता उपभोग्य बस्तुको मूल्य बढाउने गरेको उपभोक्ता बताउछन् । अझ पछिल्लो समय त सरकराले करको दरमा बृद्धि गरेको कारण नै सामान आयत महंगो पर्न गएको बहाना उपभोक्तालाई देखाउने गरेका छन् ।

सबैभन्दा बढी खाने तेलको मूल्य एक लिटरमा २० देखि ३० रुपैयाँ सम्म बृद्धि भएको छ । चाडपर्वको बेला सुरु भएसँगै विगत देखि नै व्यापारीहरुले यस्तो गर्ने गरेको उपभोक्ता बताउछन् । यति मात्र होइन पसलै पिच्छै फरक फरक भाउ भएको गुनासो छ । त्यस्तै दाल, चामल, मसलारुको मूल्य पनि प्रतिकेजी १० देखि २५ रुपैयाँ सम्मले बढेको नक्सालमा सामान खरिद गर्ने गरेकी एक उपभोक्ताले गुनासो गरिन । चिनी, गेडागुडीको मूल्य पनि भद्रौ १५ पछि प्रतिकेजी १० देखि १५ रुपैयाँ सम्मले बढेको र चाडपर्वका बेला हुने यातायात असुविधाका कारण आगामी दिनमा अझै मूल्य बढ्ने नक्सालका व्यापारीले रामलाल बज्राचार्य बताउछन् ।

बजारमा खानेतेलमा गत जेठ महिना देखी प्रति लिटर २० रुपैयाँ देखी ४० रुपैयाँ मुल्य वृद्धि भएको छ । केहि महिना अघि सन फ्लावर तेलको मुल्य लिटरको १ सय २० रुपैया थियो तर जेष्ठ १५ पछि अहिले सन फ्लावर तेलको मुल्य व्यापारीहरुले मुल्य वृद्धि पसल नै पिच्छे १ सय ४० रुपैयाँ देखि १ सय ६० रुपैयाँमा बेच्ने गरेको हरिमाया तिवारी बताउछिन् । त्यस्तै तोरीको तेलको मूल्यमा भने १० रुपैयाँ मूल्य वृद्धि भएको छ । केही समय अगाडी प्रतिलिटर १ सय ८० रुपैयाँमा पाईने तोरीको तेल अहिले १ सय ९० रुपैयाँ प्रतिलिटर पर्दछ ।

व्यापारीहरुले बढी खपत हुने मौका छोपी मनोमानी ढङ्गले मूल्य बृद्धि गरेको गुनासो गरेपनि सरकारी निकायले पनि खासै चासो दिएको छैन । केही ठुला पसलहरुमा छापा मार्ने गरेपनि सर्वसाधारणले दैनिक खरिद गर्ने स–साना किराना तथा होलसेल पसलमा अनुगमन नगर्र्दा मनोमानी गरेको उपभोक्ता गौरीमाया अधिकारीले बताइन ।

बाणिज्य आपुर्ति मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने बजेट भाषण पछि सरकारले कच्चा पर्दाथ आयतमा भन्सार दर वृद्धि गरेपछि स्वाभाविक रुपमा केही सामानको मूल्यको बढेको बताउछन् । तर सोही बहानामा मनोमानी गर्नेहरुलाई अनुगमन गरि कारबाही गर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x