फर्निचर तथा फर्निसिङ एक्स्पो ’फर्नेक्स २०१८’ शुरु

काठमाण्डौ ४ असोज । काठमाडौंको भृकुटीमण्डपमा आज देखि जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ’फर्नेक्स २०१८’ शुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा शुरु भएको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले गरेको हो ।

प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागिता रहेको एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी भैरहेको छ । उक्त एक्स्पोमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरणमा राखिएको छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइन्छ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण छ ।
असोज ८ गते सम्म चल्ने एक्स्पोमा ७० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *